नियम २३ग
अनुमतिपत्रको दस्तुर, अवधि तथा नवीकरण सम्बन्धी व्यवस्था
(१) भू–सेवा केन्द्र
सञ्चालनको लागि अनुमतिपत्र लिन देहाय बमोजिमको दस्तुर लाग्नेछ ः–
(क) व्यक्तिको हकमा तीन हजार रुपैयाँ,
(ख) संस्थाको हकमा पाँच हजार रुपैयाँ ।
(२) भू–सेवा केन्द्र सञ्चालनको अनुमतिपत्र लिन चाहने व्यक्ति वा संस्थाले
देहाय बमोजिमको रकम वा सो बराबरको बैक ग्यारेन्टी धरौटीको रुपमा कार्यालयले
तोकिदिएको बैंकमा कार्यालयको नाममा राख्नु पर्नेछ ः–
(क) व्यक्तिको हकमा पचास हजार रुपैयाँ,
(ख) संस्थाको हकमा दुई लाख रुपैयाँ ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि स्थानीय
निकायले भू–सेवा केन्द्र सञ्चालन गर्ने अनुमतिपत्र लिन वा अनुमतिपत्र नवीकरण
गर्नको लागि कुनै दस्तुर तथा धरौटी बुझाउनु पर्ने छैन ।
(४) अनुमतिपत्रको अवधि एक आर्थिक वर्षको हुनेछ ।
(५) अनुमतिपत्र नवीकरण गराउन चाहने व्यक्ति वा संस्थाले अनुमतिपत्र
अवधि समाप्त हुनुभन्दा अगावै नवीकरण बापत तीन हजार रुपैयाँ दस्तुर सहित
देहायका कागजात संलग्न गरी कार्यालय समक्ष निवेदन दिनु पर्नेछ ः
(क) कर चुक्ताको प्रमाणपत्र,
(ख) बैंक ग्यारेन्टीको हकमा नवीकरण अवधिको बैंक ग्यारेन्टी,
(ग) आफूले गरेको काम सम्बन्धी विवरण ।
(६) उपनियम (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि स्थानीय निकायले
अनुमतिपत्र नवीकरण गर्दा आफूले गरेको काम सम्बन्धी विवरण मात्र पेश गरे
हुन्छ ।
(७) उपनियम (५) बमोजिमको अवधिभित्र अनुमतिपत्र नवीकरण गराउन
नसक्ने व्यक्ति वा संस्थाले सो उपनियम बमोजिमको अवधि समाप्त भएको नब्बे
दिनभित्र थप दुई हजरा रुपैयाँ दस्तुर तिरी नवीकरण गराउन सक्नेछ ।
(८) उपनयम (५) वा (७) बमोजिम अनुमतिपत्र नवीकरणको लागि निवेदन
परेमा कार्यालयले सो विषयमा आवश्यक जाँचबुझ गरी त्यस्तो अनुमतिपत्र
नवीकरण गरिदिनु पर्नेछ ।
(९) उपनियम (५) बमोजिम अनुमतिपत्र नवीकरण नगराएमा वा उपनियम
(६) बमोजिमको अवधि समापत भएमा त्यस्तो अनुमतिपत्र प्राप्त स्थानीय निकाय,
व्यक्ति वा संस्थाले यस नियमावली बमोजिमको भू–सेवा केन्द्र सञ्चालन गर्न पाउने
छैन ।